Saturday 12 August 2023

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । कांग्रेसले शुक्रबारदेखि सुरु भएको बैठकलाई आज पनि निरन्तरदा दिन लागेको हो ।

आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्न लागेको हो । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।

बैठकमा संसदको गतिरोधको विषयमा छलफल भइरहेको छ । संसदको गतिरोधको विकल्पमा संसदीय समिति वा उच्चस्तरीय शक्तिशाली आयोगको प्रस्ताव विकल्पका रूपमा रहेको धारणा केही सांसदले राखेका छन् ।

सरकारको प्रभावकारिता, बजेटलगायतका विषयमा पनि सांसदहरूले आफ्नो धारणा राखेका थिए ।

यस्तै, शुक्रबार बोल्ने प्राय: सांसदले सुनिल शर्मा पक्राउ पर्नुलाई सरकारले प्रतिशोध साँधेको बताएका थिए ।



source https://www.onlinekhabar.com/2023/08/1349813

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More