Thursday 17 August 2023

बझाङको खिराताडीमा भूकम्प

१ भदौ, बझाङ । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत साउन ३ गते बिहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।



source https://www.onlinekhabar.com/2023/08/1352053

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More