Monday 7 August 2023

राप्ती, बबई र कर्णालीमा बहाव बढ्दो, एसएमएस पठाएर सतर्क रहन भनियो

२३ साउन, काठमाडौं । बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । बाढीको सतह बढ्ने क्रममा छ ।

त्यसैले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहर जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बर्दियाका रम्भापुर, सानोश्री चेपाङ, औरही खोला गोदना केन्द्रमा अत्यधिक वर्षा भइरहेको छ ।

दाङका लमही र लालमटिया तथा बाँकेको कुुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो वर्षाले राप्ती नदीको दाङ र बाँके क्षेत्रमा जलसतह बढेको छ ।

मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढी सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएको छ । बाढीले होचा भूभाग र तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने सम्भावना रहेकाले जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

यसैगरी आज बिहान सिन्धुलीको रानीबासस्थित बाढी मापन केन्द्रमा कमला नदीको बाढीले पनि सतर्कताको तह पार गरेको छ । सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा आज बिहानसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।



source https://www.onlinekhabar.com/2023/08/1347474

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More