Sunday 13 August 2023

‍मस्कसँगको कुस्तीका लागि तालिम लिंदै जुकरबर्ग

सोसल मिडिया प्लाटर्फम एक्स (साविकको ट्वीटर) का सीईओ एलन मस्कले गत अगष्ट ११ मा एक पोस्ट गर्दै फेसबुकका संस्थापक मार्क जुकरबर्गसँगको कुस्ती इटालीमा हुने जानकारी गराए ।

आफूले जुकरबर्गसँगको केज फाइटका विषयमा इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनी र संस्कृति मन्त्री गेनारो सांगिउलियानोसँग कुरा गरिसकेको पनि मस्कले दाबी गरे ।

मस्कका अनुसार प्रविधि क्षेत्रका यी दुई हस्तीबीच फलामे पिंजडामा हुने कुस्तीको व्यवस्थापन जुकरबर्ग तथा मस्कले स्थापना गरेका फाउन्डेसनहरुले गर्नेछन् ।

साथै कुस्तीको प्रत्यक्ष प्रसारण एक्स र फेसबुक दुवैमा हुने जिकिर पनि मस्कको छ । मस्कका अनुसार क्यामराको फ्रेममा सबै कुरा प्राचीन रोमजस्तै हुनेछ र त्यहाँ कुनै पनि चिज आधुनिक रहनेछैन ।

मस्कले भनेका छन्, ‘मैले इटालीका प्रधानमन्त्री र संस्कृतिमन्त्रीसँग कुराकानी गरें । उनीहरु एक ऐतिहासिक स्थलमा सहमत भए । त्यहाँ जे गरिनेछ त्यसले इटालीको अतित र वर्तमानलाई सम्मान दिनेछ ।’

मनोरञ्जन समाचार एजेन्सी टिएमजेडका अनुसार यी दुईबीचको कुस्ती इटालीको विश्वप्रसिद्ध कोलोजियम स्मारकमा हुनसक्छ ।

पर्दापछाडिका फुटेजहरुतर्फ इंगित गर्दै उनले यसबाट एक्सका ब्लू सब्सक्राइबरहरुलाई बोनस प्राप्त हुने पनि बताएका छन् ।

उता एलन मस्कले कुस्तीको हाँक दिएपछि मार्क जुकरबर्ग पनि के कम ? उनले पनि आफु कुस्तीका लागि तयार रहेको र त्यसका लागि ठाउँ तोक्न चुनौती दिएका थिए ।

मार्क जुकरबर्ग मार्सल आर्टका तालिम प्राप्त खेलाडी हुन् र उनी जीउ जित्सु कुस्तीबाट पनि प्रशिक्षित छन् ।

हालै उनले दुईजना विशवस्तरीय रेस्लिङ महारथीहरुसँग प्रशिक्षण लिइरहेको बताइएको छ । त्यसमा एकजना इजरायल अदेसान्या र अर्का अलेक्जेन्डर भोल्कानोभ्स्की हुन् ।

उता मस्क भने स्वघोषित गल्ली लडाकु हुन् । तथापि पछिल्लो समय उनले मिक्स्ड मार्सल आर्टका दिग्गज जोर्जेस सेन्ट पियरे, चर्चित जीउ जित्सु तथा मार्सल आर्ट प्रशिक्षक जोन डेनहेर र पडकास्टर लेक्स फ्रिडम्यानसँग प्रशिक्षण लिइरहेका छन् ।

एजेन्सी

 



source https://www.onlinekhabar.com/2023/08/1350303

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More