Sunday 6 August 2023

१०० मिटर दौड पूरा गर्न २१ सेकेण्ड लाग्यो, खेल अधिकारी निलम्बित

२२ साउन, काठमाडौं । नक्कली धावकलाई चीनमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइएपछि सोमालियाका एक खेल अधिकारी निलम्बनमा परेका छन् ।

सोमालियाकी असरा अबु बकर अली नामकी एक युवतीलाई चीनमा भएको वर्लड युनिभर्सिटी गेम्सको १०० मिटर दौडका लागि पठाइएको थियो । दौडमा विजेताभन्दा दोब्बरभन्दा बढी समयले पछि परेपछि उनीमाथि शंका लागेर अनुसन्धान गर्दा नक्कली धावक भएको खुलेको हो ।

विजेताले एक सय मिटर दौड १० सेकेण्डमै पूरा गर्दा नसरालाई यो दुरी पूरा गर्न २१.८१ सेकेण्ड लागेको थियो । त्यसपछि उनीमाथि शंका लागेर सोमालियाकै युवा तथा खेल मन्त्रालयले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा नसरा नक्कली धावक भएको खुल्यो ।

त्यसपछि सोमालियाको एथलेटिक्स फेडेरेसनका अध्यक्ष खदिजो अदन दाहिरले आफ्नो अधिकार दुरुपयोग गरी सोमालियालाई बदनाम गरेको भन्दै उनलाई पदबाट हटाइएको बीबीसीले जनाएको छ ।

 



source https://www.onlinekhabar.com/2023/08/1346983

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More