Saturday 12 August 2023

लमजुङको खुदिबजार र सिन्धुलीको कुसुमटारमा ‘धेरै भारी’ वर्षा, सतर्कता अपनाउन आग्रह

२८ साउन, काठमाडौं । बागमती जलाधार क्षेत्र अन्तर्गत सिन्धुलीको मरिन खोला कुसुमटार र नारायणी जलाधार क्षेत्र अन्तर्गत लमजुङको खुदीबजारमा ‘धेरै भारी’ वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सिन्धुलीमा २४ घण्टाको अवधिमा १६४ मिलिमिटर र लमजुङमा १२९ मिलिमिटर वर्षा मापन भएको छ । १०० मिलिमिटर वा त्योभन्दा धेरै र २०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘धेरै भारी वर्षा’ भन्ने गरिन्छ ।

सिन्धुली र लमजुङमा धेरै भारी वर्षा भएकाले बाढी र पहिरोको जोखिम छ । त्यसैले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

यसैबीच मर्स्याङ्दी नदीको बिमलनगर बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह (१० मिटर) आसपास पुगेको छ । बाढी बढ्दो क्रममा रहेकाले मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा आज दिउँसो १ बजेसम्म सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज सातै प्रदेशका नदी र खोलाहरुमा बाढीको जोखिम छ । बागमती, गण्डकी, कर्णाली नदीको बहाव उल्लेख्य बढ्ने र उच्च जोखिम रहने पूर्वानुमान छ । भोलि सोमबारको दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नदी तथा खोालाहरुमा बाढीको उच्च जोखिम रहने पूर्वानुमान छ ।



source https://www.onlinekhabar.com/2023/08/1349816

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More