Monday 14 August 2023

भरानको गोलमा म्यानचेष्टर युनाइटेडको विजयी सुरुआत

३० साउन, काठमाडौं । राफेल भरानले गरेको एक मात्र गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले वल्भ्सलाई हराएर प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ ।

सोमबार राति भएको लिगको एक मात्र खेलमा युनाइटेडले वल्भ्सलाई १-० ले हरायो ।

युनाइटेडलाई पहिलो तीन अंक दिलाउन भरानले ७६औं मिनेटमा आरोन वान विसाकाको पासमा गोल गरे ।

जितपछि युनाइटेड अंक तालिकामा सातौं स्थानमा छ ।

प्रिमियर लिगको नयाँ सिजनमा पहिलो चरणको दश खेल सकिंदा युनाइटेडसहित सात क्लबले जित हात पारेका थिए ।



source https://www.onlinekhabar.com/2023/08/1350780

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More