Saturday 19 August 2023

सिटी र ब्राइटनको लगातार दोस्रो जित, लिभरपुल र टोटनहमको पहिलो जित

३ भदौ, काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी र ब्राइटनले प्रिमियर लिग २०२३-२४ मा लगातार दोस्रो खेल जित्दै शतप्रतिशत नतिजालाई कायम राखेका छन् ।

शनिबार राति भएको खेल च्याम्पियन सिटीले न्युकासल युनाइटेडलाई १-० ले पराजित गर्‍यो । सिटीका लागि पहिलो हाफमागि युलियन अल्भारेजले एक मात्र गोल गरे ।

यस्तै ब्राइटनले वल्भसलाई ४-१ ले हराउँदै लगातार दोस्रो जित निकालेको छ । वल्भसको मैदानमा ब्राइटनलाई जिताउन सोली मार्चले दुई तथा काउररु मिटोना र पर्भिस इस्तुपिनानले एक/एक गोल गरे ।

लगातार दोस्रो जितपछि सिटी र ब्राइटन दुवैको समान ६ अंक छ । तर गोलअन्तरमा ब्राइटन अघि छ ।

यस्तै टोटनहम र लिभरपुले पहिलो जित हात पारेका छन् । टोटनहमले म्यानचेष्टर युनाइटेडलाई २-० ले हरायो । टोटनहमका लागि पापे मटार सारले एक गोल गरे भने युनाइटेडका लिसान्द्रो मार्टिनेजले आत्मघाती गोल गरे ।

जितपछि टोटनहम चार अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ । युनाइटेडको यो पहिलो हार हो । युनाइटेड तीन अंकसहित १०औं स्थानमा झरेको छ ।

अर्को खेलमा १० खेलाडीमा समेटिएको लिभरपुलले बर्नमाउथमाथि ३-१ को पुनरागमन जित निकालेको छ । एलेक्सिस म्याक अलिस्टरले रातो कार्ड पाएको खेलमा लिभरपुल सुरुमै पछि परेको थियो ।

एन्टोनी सेमेन्योले तेस्रो मिनेटमै गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । तर लुइस डियाज र मोहमद सलालहले गोल गरेपछि लिभरपुलले पहिलो हाफमै अग्रता बनायो । त्यसपछि डिएगो जोटाले दोस्रो हाफमा गोल गरे ।

जितपछि लिभरपुल चार अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।



source https://www.onlinekhabar.com/2023/08/1352695

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More