Saturday 12 August 2023

रियल मड्रिडको विजयी सुरुआत

२८ साउन, काठमाडौं । रियलले मड्रिडले स्पानिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ ।

नयाँ सिजन अन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा रियलले एथ्लेटिक विल्वाओलाई २-० ले पराजित गरेको हो ।

रियलका लागि रोड्रिगो र जुड बेलिङ्गहमले पहिलो हाफमै गोल गरेका थिए ।

ब्राजिलियन फरवार्ड रोड्रिगोले २८औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

इंग्लिस मिडफिल्डर बेलिङ्गघमले रियलका लागि प्रतिस्पर्धात्मक खेलमा पहिलो गोल गर्दा रियलले ३६औं मिनेटमा अग्रता दोब्बर बनायो ।

त्यसपछि खेलमा दुवैतर्फबाट थप गोल भएन र रियलले जित निकाल्दै पहिलो खेलमा तीन अंक जोडेको हो ।



source https://www.onlinekhabar.com/2023/08/1349808

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More