Thursday 17 August 2023

डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् विष पठाएकी महिलालाई झण्डै २२ वर्ष जेल सजायँ

१ भदौ, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् जैविक हतियार (विष) पठाएको आरोपमा क्यानडाकी एक महिलालाई अदालतले झण्डै २२ वर्षको जेल सजायँ सुनाएको छ । ५६ वर्षीया पास्कल फेरियरलाई अदालतले २६२ दिन (झण्डै २२ वर्ष) जेल सजायँ सुनाएको हो ।

सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको एक घातक चिठी ह्वाइट हाउस पुग्नुभन्दा अगाडि नै सुरक्षाकर्मीले बरामद गरेका थिए । सो चिठीमा रिसिन नामको विष रहेको पत्ता लागेको थियो । लगत्तै उनी पक्राउ परेकी थिइन् ।

फेरियरले अदालत समक्ष आफूले जैविक हतियार ट्रम्पलाई पठाएको स्वीकारसमेत गरेकी थिइन् । तर उक्त जैविक हतियार ट्रम्पसम्म पुग्न नपाएकोमा आफू दुःखी भएको उनले बताएकी थिइन् ।

फेरियरले जेल सजायँ भोगिसकेपछि अमेरिकाबाट निर्वासनमा पठाइने र यदि अमेरिका फर्किए पनि कडा निगरानीमा राखिने बीबीसीले जनाएको छ ।

अडेरको बिउमा पाइन्छ रिसिन

रिसिन विषाक्त प्रोटिन हो । यो अडेर (अरन्डी) को बिउमा पाइन्छ । यसमा तेलको मात्रा बढी हुन्छ । अडेरको तेल औषधिको रुपमा प्रयोग हुन्छ ।

बिउबाट तेल निकालिसकेपछिको पिनामा ५ देखि १० प्रतिशत रिसन नामको विष पनि हुन्छ । निश्चित प्रक्रिया पूरा गरी त्यसबाट विष निकालिन्छ । त्यो प्रक्रिया सरल भएकाले अमेरिकाले त्यसको रेसिपीलाई इन्टरनेटमा प्रतिबन्ध लगाइदिएको छ ।

त्यो विष सेवन गरेमा वा नाकको माध्यमबाट शरीरमा प्रवेश गरेमा मानिसमा ज्वरो आउने, रुखाखोकी लाग्ने, फोक्सोमा पानी जम्ने र मानिसको मृत्यु पनि हुन सक्ने जोखिम रहन्छ ।



source https://www.onlinekhabar.com/2023/08/1352048

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More