Thursday 10 August 2023

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षा हुने

२६ साउन, काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यून चापीय प्रणालीको प्रभाव पनि रहेकोले मौसम बदली भएको हो ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

केही ठाउँमा भारी वर्षाको सम्भावना भएकोले बाढी पहिरोको जोखिमबाट बच्न सतर्कता अपनाउन महाशाखाको अपि छ ।



source https://www.onlinekhabar.com/2023/08/1349086

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More