Wednesday 9 August 2023

कांग्रेसले मधेश प्रदेशमा गर्‍यो संचार विभागमा १९ जनालाई मनोनयन

२५ साउन, जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशका आठवटै जिल्लामा संचार तथा प्रचार प्रसार विभागमा १९ जनालाई सदस्यमा मनोनयन गरेको छ।

पार्टीका प्रदेश सदस्य नितेशकुमार गुप्ता प्रमुख रहेका कांग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचारप्रसार विभागमा जिल्लाको जिम्मेवारीमा  १९ जनालाई मनोनयन गरिएको हो ।

सप्तरीमा उपप्रमुख जाल्पाना कुमारी सदार, सुधा देवी र ललिता साह, सिरहामा विनोद मण्डल र विदु सिंह, धजुषामा निरञ्जन साह र कमल साह, महोत्तरीमा सन्तोष सिंह र हदिस खुदार सदस्य छन् ।

यस्तै सर्लाहीमम निकेश त्रिपाठी सदस्य सचिव र रोशन कुमार साह, रौतहटमम सागर हुमागाई, प्रभात कुमार झा  र राजेश्वर पाण्डे, बारामा सन्दीप यादव, सिकिन्द्र पसवान र अन्जली गुप्ता लाई मनोनयन गरिएको छ भने पर्सामा राहुल गुप्ता र निलिमा पौडल रहेका छन् ।

पार्टी संगठनलाई थप सुदृढ एवं गतिशील बनाउन मधेश प्रदेश उनीहरुलाई  नियुक्त गरिएको काँग्रेस मधेशका प्रमुख सचिव सन्तु प्रसाद यादवले बताए ।



source https://www.onlinekhabar.com/2023/08/1348615

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More