Saturday, 23 October 2021

मखमली मौसम (फोटो फिचर)

७ कात्तिक, काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुका फूल व्यापारीहरुको चटारो सुरु भएको छ । तिहार आउन १५ दिन बाँकी रहँदा मखमली फूल टिप्ने र माला गास्ने काममा उनीहरु व्यस्त देखिन्छन् ।

गुण्डु क्षेत्रका खेतबारी, करेसाबारीमा मखमली फूल ढकमक्क फूलेका छन् । त्यहाँको वातावरण नै रंगीन देखिन्छ । बिहानपख फूल टिप्ने र दिउँसो-साँझ माला गास्ने काममा स्थानीय व्यस्त छन् । मखमली फूल नओलाउने भएकाले गुण्डुका फूल किसान एकअर्कालाई सघाउँदै माला गास्ने काम गर्दछन् ।

मखमली फूल तिहारमा अत्यधिक खपत हुने गर्दछ । व्यापारीहरुले माला र फूल किसानको घरमै आएर किन्ने हुँदा बजारको पनि समस्या नरहेको स्थानीय बताउँछन् ।

फूल खेती गर्ने हरेक किसानले राम्रो आयआर्जन गर्दै आएको स्थानीय बताउँछन् । पोहोर परार कोरोना संक्रमणको महामारीका कारण अपेक्षाकृत व्यापार गर्न नपाएका उनीहरुलाई यस वर्ष भने संक्रमण कम भएकाले व्यापार बढ्ने विश्वास छ ।



source https://www.onlinekhabar.com/2021/10/1029052

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More