Saturday, 23 October 2021

विपिनको ‘परदेशी आयो’

गायक केतन क्षेत्रीको स्वरमा समावेश ‘परदेशी आयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा नायक विपिन कार्कीले अभिनय गरेका छन् । यो गीतले विदेश गएको एक युवाको कथालाई भनेको छ ।

प्रकाश सापकोटाको शब्द रहेको गीतमा सुवास भुषालको संगीत छ । देवेन्द्र नेपालको निर्देशनमा तयार भएको भिडियोमा विपिनको साथमा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्माको अभिनय छ ।

दिपेश उपाध्याय र दिप्सन डंगोलले छायांकन गरेको भिडियोमा विकास दाहालको सम्पादन छ ।



source https://www.onlinekhabar.com/2021/10/1029108

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More