Saturday, 23 October 2021

फ्लोरक्रस गर्ने सूचनाले तरङ्ग, बैठक रोक्न कांग्रेसको निवेदन

७ कात्तिक, विराटनगर । नेपाली कांग्रेसले आज आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन दिएको छ ।

प्रदेश १ को प्रदेशसभामा आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदले फ्लोर क्रस गर्ने सूचना आएपछि विपक्षी गठबन्धनमा तरङ्ग आएको छ ।

कांग्रेसका तीन र एकीकृत समाजवादीका एक सांसदले फ्लोर क्रस गर्न सक्ने दाबी छ । आफ्ना तीन जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने सूचना आएको कांग्रेसका एक सांसदले पुष्टि गरे ।

लगतै कांग्रेसले आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न सभामुखलाई आग्रह गरेको छ । मौखिक आग्रह सुनुवाइ नभएपछि कांग्रेसले लिखित निवेदन दिएको छ ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ मा आउने भएका कारण बैठक रोक्न निवेदन दिएको बताएका छन् ।



source https://www.onlinekhabar.com/2021/10/1029103

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More