Saturday, 23 October 2021

गायिका मञ्जु पौडेललाई मातृशोक

गायिका तथा उद्घोषिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनकी आमा भगवती ज्ञवालीको शनिबार निधन भएको हो । मञ्जुकी आमा केही महिनायता बिरामी थिइन् । गायिका मञ्जुले बिरामी आमाको विशेष रेखदेख र उपचार गराइरहेकी थिइन् ।

यसवर्षको दशैं पनि गायिका मञ्जुले अस्पताल पुगेर बिरामी आमासँगै मनाएकी थिइन् । जुन भिडियो मञ्जुले सामाजिक सञ्जालमा समेत शेयर गरेकी छिन् । ‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमा, आखिर हामीले हार्यौं ।

हाम्रो परिवारको आदर्श, मेरूडण्ड हाम्री ममतामयी आमा हामीमाझ आजबाट रहनुभएन । आमा, हजुरको आत्माले शान्ती पाओस्’ आमाको निधनपछि मञ्जुले फेसबुकमा लेखेकी छिन् । मञ्जु लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका हुन् । स्टेज उद्घोषिकाका रुपमा समेत उनी चर्चित छिन् ।



source https://www.onlinekhabar.com/2021/10/1029100

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More